Logo

प्रतिनिधिसभाले भनेजस्तो काम गर्न सकेन: यादव



काठमाडौँ, २ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पाँच वर्षको कार्यकालमा भनेजस्तो काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा सम्बोधन गर्दै उनले यसअघिको सरकारले संसद् असंवैधानिक तरिकाले पटक-पटक भङ्ग गरेको उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक व्यवस्था संस्थागत हुन नसकेको बताए ।

उनले मुलुक सङ्घीय प्रणालीमा गइसके पनि अझै पनि एकात्मक शक्तिको अभ्यास, चिन्तन, व्यवहार र संरचनाबाट मुलुक अघि बढिरहेको आरोप लगाए । अध्यक्ष यादवले संसद् विघटन हुँदा सङ्घीय लोकतन्त्र नै धरापमा परेको अवस्थामा प्रतिगनमलाई पाँच दलीय गठबन्धनले लोकतन्त्रलाई सही दिशामा ल्याउन सफल भएको दाबी गरेका छन् ।

उनले सङ्घीय निजामती ऐन ल्याउन नसकिएकामा दु:ख व्यक्त गर्दै संसद्ले कतिपय ऐन पारित गरे पनि केही विधेयक त्यत्तिकै थन्किएको बताए । अध्यक्ष यादवले कुनै पनि नागरिकलाई नागरिकताबाट बञ्चित गर्न नहुने भन्दै जन्मको आधारमा व्यक्तिलाई नागरिकता दिनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्