फाइल तस्बिर
काठमाडौँ, २२ भदौ । प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक आज बस्दैछ ।
प्रतिनिधि सभा अन्र्तगतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे १० बजे बस्नेछ ।
बैठकमा चिकित्सा शिक्षाको गुणस्तर र सम्बन्धनका विषयमा समितिमा आएका उजुरीका सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीभीटी) सँग छलफल हुनेछ ।
राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा लैंगिक समानता तथा सामाजिक न्याय सम्बन्धमा अन्तर पार्टी महिला सञ्जालसँग छलफल हुनेछ ।
यस्तै राष्ट्रिय सभा अन्तर्गतकै विधायन व्यवस्थापन समिति बैठक बिहान दिउँसो १२ बजे डाकिएको छ । बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची राखिएको संसद् सचिवालयले जनाएको छ ।







