Logo

प्रतिनिधिसभा आजको बैठकमा अर्थमन्त्रीले जवाफ दिने



काठमाडौँ, २८ जेठ । प्रतिनिधिसभाको बैठक आज सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजे बस्ने भएको छ ।

आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलमाथि सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्