Logo

प्रतिनिधिसभा बैठक ः आज पनि बजेटमाथि छलफल हुने



काठमाडौँ, २४ जेठ । प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन, बानेश्वरमा आज बिहान ११ बजे बस्ने भएको छ ।

आजको बैठकमा पनि आर्थिक वर्ष २०८०(८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफल जारी रहनेछ ।

छलफलको क्रममा प्रतिपक्षी सांसद्हरुले करको दर हेरफेरमा चलखेल भएको भन्दै विरोध गरिरहेका छन् । तर अर्थमन्त्री प्रकाशशरण महतले भने बजेटको बचाउ गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्