Logo

प्रतिनिधिसभा बैठक: ‘प्रहरीलाई प्रविधि चाहिएको छ’



काठमाडौँ, २७ असार । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्थामा प्रहरीलाई हतियार खरिद गर्न लागिएको भन्दै प्रमुख प्रतिपक्षी दलका सांसद नवराज सिल्वालले आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै उनले प्रहरीलाई हतियार भन्दा पनि प्रविधि चाहिएको जिकिर गरे । उनले सरकारले रकमान्तर गरेर प्रहरीलाई हतियार खरिद गर्न लागेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्