काठमाडौँ, २५ साउन । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने गरी बोलाइको बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक गरिएको छ ।
संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आज तथ्यांक विधेयक दफावार छलफल सदनमा प्रस्तुत हुनेछ भने आज नै उक्त विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।
शपथ सम्बन्धी विधेयक निर्णयार्थ प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको छ । यस्तै खानेपानी तथा सरसफाइ विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक समेत प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यसैगरी शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।







