Logo

प्रतिनिधिसभा बैठक बस्दै



काठमाडौँ, २२ भदौ । संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजेदेखि शुरु हुनेछ ।

आजको बैठकमा नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभा सदस्य डा.भीमबहादुर रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा जलविद्युतको धनी राष्ट्र नेपालमा रहेको जलश्रोतको क्षमताको राष्ट्रिय हितमा प्रयोग हुनेगरी संरक्षण र संवद्र्धन गर्न आवश्यक भएकोले भन्ने जरुरी सार्वजनिक महत्वको विषयमाथि उर्जा, जलश्रोत तथा सिँचाइमन्त्रीको ध्यानाकर्षण गराउने भएका छन् ।

यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रियसभाको सन्देशसहितको नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।

राष्ट्रियसभाको सन्देशसहितको नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने, सञ्चारमन्त्री कार्कीले नै राष्ट्रियसभाको सन्देशसहितको नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्