Logo

प्रतिनिधिसभा बैठक बिहीवारसम्मका लागि स्थगित



काठमाडौँ, २० असार । प्रतिनिधिसभा बैठक बिहीवारसम्मका लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक भोलि दिउँसो २ बजेसम्मका लागि स्थगित भएको हो ।

आज दिउँसो बैठक शुरु हुनेबित्तिकै एमाले सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । तर फेरि बैठक सञ्चालन गर्ने विषयमा सहमति नजुटेपछि भोलिसम्मका लागि स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस्