Logo

प्रतिनिधि सभाका १ सय ५८ वटा क्षेत्रको नतिजा सार्वजनिक



काठमाडौँ, १२ मंसिर । प्रतिनिधि सभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म १ सय ५८ को अन्तिम नतिजा आएको छ ।

चार वटा क्षेत्रमा मतगणना भैरहेकोमा विवादका कारण उदयपुर १ र सुनसरी ४ मा स्थगित भएको छ भने धनुषा-४ र सुनसरी-३ मा मतगणना भैरहेको छ । विवाद भइरहेका तीनवटा क्षेत्र बाजुरा, दोलखा र स्याङ्जा २ मा गणना सुरु हुनै बाँकी छ ।

नियमित रुपमा मतगणना भैरहेका दुईवटा क्षेत्रमध्ये धनुषा-४ मा कांग्रेस र सुनसरी-३ मा एमालेको अग्रता छ ।

मतगणना सकिएका १ सय ५८ ठाउँमध्ये कांग्रेस ५३, एमाले ४२, माओवादी केन्द्र १७ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपा ७/७ ठाउँमा विजयी भएका छन् । स्वतन्त्र उम्मेदवारले ५ ठाउँमा जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४ ठाउँमा जितेको छ । नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेको छ । जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक-एक ठाउँमा जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्