Logo

प्रतिनिधि सभाको बैठक बस्दै



काठमाडौँ, २४ चैत । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७८/७९’ पेश गर्ने कार्यसूची छ ।

यस्तै सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदका महासचिव डा.भरतराज गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्