Logo

प्रतिनिधि सभाको बैठक राखेर राज्यको दोहन गरियो: देवकोटा



काठमाडौँ, २४ साउन । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले प्रतिनिधि सभाको बैठक राखेर राज्यको दोहन गरिएको आरोप लगाएका छन् ।

सोमवार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै उनले सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा गरेपछि सांसदहरुको कार्यकाल समाप्त भएको जिकिर गरेका हुन् ।

कार्यकाल समाप्त भएका सांसदहरुको नाममा बैठक राखेर राज्यको दोहन नगर्न आग्रह गरे । संविधानले सभामुख र उपसभामुखको पद अर्को निर्वाचनको उमेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र कायम रहने उल्लेख गरेको भन्दै उनले संविधान अनुसार सभामुख र उपसभामुख बाहेकका सांसदहरूको कार्यकाल समाप्त भयो भनेर बुझ्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्