Logo

प्रतिनिधि सभाको बैठक स्थगित



काठमाडौँ, २१ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत दलले नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ ।

नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयमा छलफल गर्नुपर्ने भन्दै एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीले नाराबाजी गरेपछि संसद् बैठक स्थगित भएको हो ।

नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीको भर्खरैको भारत भ्रमणबारे विपक्षी दलहरूले जवाफ मागेका छन् । एमालेका प्रमुख सचेतक पदम गिरीले संवैधानिक प्रक्रिया अनुरूप संसदमा नयाँ नागरिकता विधेयक दर्ता गर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्