Logo

‘प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीले २० लाख मत ल्याउनुपर्छ’



काठमाडौँ, १३ असार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीले २० लाख मत प्राप्त गर्नुपर्ने बताएका छन् ।

सोमवार पार्टीको केन्द्रीय परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीले २० लाख मत प्राप्त गर्नुपर्ने बताएका हुन् । उनले पालिका चुनावमा पार्टीले २८ प्रतिशत ठाउँमा उम्मेदवार खडा गरेको र नौ लाख मत प्राप्त गरेको पनि उल्लेख गरेका छन् ।

उनले भने, ‘हामीले पालिका चुनावमा २८ प्रतिशत उम्मेदवार खडा गर्दा नौ लाख मत प्राप्त गर्‍यौँ । यदि हामीले सबै ठाउँमा उम्मेदवार खडा गरेको भए योभन्दा दोब्बर, तेब्बर मत प्राप्त गर्न सक्ने थियौँ । कम्तीमा पनि २० लाखको सेरोफेरोमा हामीले मत प्राप्त गर्नसक्ने थियौँ । २० लाखको सेरोफेरोमा मत प्राप्त गर्ने हो भने हाम्रो प्रतिनिधि सभा र प्रदेश सभामा केही सिटहरू सुनिश्चित हुनेछ । प्रत्यक्ष रूपमा लडेर जितेका ठाउँमा अतिरिक्त सिट हामीले हासिल गर्न सक्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्