Logo

प्रतिपक्षले राजीनामा माग्न बित्तिकै दिनुपर्ने हो?: प्रधानमन्त्री



काठमाडौँ, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्ष दलले आफूलाई मौका पनि नदिई संसद् अवरुद्ध गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले आफूले स्पष्टीकरण दिन खोजेको तर प्रतिपक्षले मौका नै नदिएको गुनासो गरेका हुन् ।

उनले प्रतिपक्षले माग्न बित्तिकै राजीनामा दिनुपर्ने विषयमा पनि प्रश्न गरेका थिए ।

‘स्पष्टीकरणको मौका पनि नदिई पनि राजीनामा माग्ने । के यही हो? के प्रतिपक्षले माग्न बित्तिकै राजीनामा दिनुपर्ने हो?,’ प्रधानमन्त्रीले भने ।

प्रतिक्रिया दिनुहोस्