Logo

प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिताको तयारी तिव्र



मेचीनगर, २४ माघ । मेचीनगर-९ मा प्रथम वडाध्यक्ष कप अन्तर टोल फुटबल प्रतियोगिताको तयारी तिव्र पारिएको छ ।

आज मेचीनगर-९ को वडा कार्यालयमा खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरेर प्रथम वडाध्यक्ष कप अन्तर टोल फुटबल प्रतियोगिताको तयारी तिव्र पारिएको जानकारी गराएको हो ।

९ नम्बर वडा कार्यालय अन्तरगतको खेलकुद विकास समितिका संयोजक एवम् वडा सदस्य राजन खड्काले यहि माघ २७ गतेदेखि फागुन ७ गतेसम्म प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिता सञ्चालन हुने जानकारी दिए ।

प्रतियोगितामा माथिल्लो मागुरमाडी क्षेत्र, थोप्लेविरान क्षेत्र, हिमालयन झरना क्षेत्र, झापा लिलाबस्ती क्षेत्र, चियावाल्नी गाउँ क्षेत्र, मागुरमाडी क्षेत्र, खुट्टीडाँगी क्षेत्र, फाराम सातपाखे क्षेत्र र बजार क्षेत्र गरी ९ वटा टिमबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका विजेतालाई नगद ४० हजार र उपविजेतालाई २५ हजार राशिसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने समितिका सचिव राजु धिमालले बताए ।

वडाका युवाहरुलाई खेलकुदप्रति आकर्षित गर्न प्रतियोगिता आयोजना गर्न लागिएको पत्रकार सम्मेलनका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष कञ्चनकुमार तामाङले बताएका छन् ।

प्रतियोगिता सम्पन्न गर्न करिव दुई लाख ३० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजक समितिले जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्