Logo

प्रदीप गिरी बीपीपछिकै ठूलो समाजवादी चिन्तक: देउवा



काठमाडौँ, ४ भाद्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व.प्रदीप गिरी बीपी कोइरालापछिको ठूलो समाजवादी चिन्तक भएको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा स्व.गिरीको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

समाजवादी चिन्तकका रूपमा बीपी कोइरालापछि कसैको नाम लिने हो भने प्रदीप गिरीकै आउने उनको भनाइ छ ।

सभापति देउवाले स्व गिरीका बाँकी कृति र लेखहरू भए प्रकाशन गर्न पार्टीले सहयोग गर्ने उल्लेख गरे । उनले स्व.गिरीका लेखबाट सिंगो पार्टी नै लाभान्वित हुने पनि बताए ।

“समाजवादी चिन्तकको रूपमा बीपी कोइरालापछि कसैको नाम लिने हो भने प्रदीपजीकै नाम लिनुपर्ने हुन्छ । उहाँ धेरै ठूलो विद्वान् हो, बीपीपछिको ठूलो समाजवादी चिन्तक हो,” उनले भने, “उहाँका कृतिहरू छन् भने प्रकाशन गर्नुपर्छ, पार्टीले पनि सहयोग गर्नेछ । उहाँ कहिल्यै नथाक्ने व्यक्तिको रूपमा लिएको छु । उहाँका लेख, कृतिहरू पार्टीले प्रकाशित गर्नुपर्छ । त्यसबाट हाम्रो सिंगो पार्टी लाभान्वित हुनेछ ।”

प्रतिक्रिया दिनुहोस्