तनहुँ, ११ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौँ-५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले देश बनाउने जिम्मेवारी युवाको भएको बताएका छन् ।
रोट¥याक्ट क्लब अफ दमौलीको आयोजनामा आज तनहुँको दमौलीमा आयोजित दोस्रो पिएस मिट तथा पेट्स सेट्स कार्यक्रमको उद्घाटन गर्दै पौडेलले देश विकासका लागि युवा अगाडि सर्नुपर्ने बताएका हुन् ।
“देश आजको अवस्थामा आइपुग्नुमा युवाको ठूलो भूमिका छ, देशको थप विकासका लागि पनि युवा अग्रसर हुनुपर्छ”, पौडेलले भने, “युवाहरू देश बनाउने सोच र सङ्कल्प लिएर हिँड्नुपर्छ ।” पौडेलले सामाजिक सङ्घसंस्थाले युवालाई नेतृत्व गर्न सिकाएको भन्दै नेतृत्व लिनका लागि युवाहरू पनि जागरुक बन्नुपर्ने धारणा राखेका थिए ।
“रोटरी, लायन्सजस्ता क्लबहरूले युवालाई नेतृत्वमा पुग्न सहयोग पु¥याएको छ, युवालाई एकजुट पनि बनाएको छ”, पौडेलले भने, “यस्ता क्लबले लोकतन्त्रको अभ्यास गर्न सिकाएको छ ।”