Logo

प्रदेश खेलकुद विकास बोर्डद्वारा झापाका खेलमैदानको निरिक्षण



झापा, ५ भदौ । प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर १ का सदस्य सचिव हंसराज वाग्लेले प्राबिधिक टोलिसहित झापाका विभिन्न खेलमैदानको स्थिति अबलोकन तथा निरीक्षण गरेका छन ।

बोर्डका सदस्य शैलेस कुमार विष्ट, प्रदीप भगत, क्षेत्रीय खेलकुद विकास समितिकि निर्देसक उशा कर्ण र कार्यलय प्रमुख चन्डिका बास्तोलाको टोलिले झापा जिल्लाका विभिन्न खेलमैदानको अवस्था र आसन्न नबौ रास्ट्रीय खेलकुद छनौट प्रतियोगिता आयोजना गर्नसक्ने सम्भावना बारे अध्यन गर्न निरिक्षण गरेको हो ।

खेलकुद विकास बोर्डको टोलिले झापाको चन्द्रगढिमा रहेको मेची रंगशाला, सोहि रंगशालासँग रहेको कभर्डहलको निरीक्षण गरेको छ । निरीक्षणकै क्रममा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रसान्त भण्डारी, उपाध्यक्ष गंगा भुर्तेल, सचिवालयका दुर्गा निरौला, तथा सदस्य जगन कार्की सहितका पदाधिकारीले जिल्लाको खेलकुद गतिविधिका बारेमा बोर्डका पदाधिकारीलाइ जानकारी गराएका थिए भने झापा जिल्लामा आफुहरुले गराउन सक्ने खेलकुद प्रतियोगिताको बारेमा समेत ध्यानाकर्षण गराएका थिए ।

मेची रंगशालाको कभर्डहलमा उसु, कबड्डि, साथै खो खो खेलको प्रदर्शनी गरी बोर्डको सदस्यहरुको टोलीलाई देखाइएको थियो । खेलाडीको उच्च सम्मान गर्दै प्रदेश खेलकुद बोर्डका सदस्य सचिब हंसराज वाग्लेले बोर्डले खेलाडीको हितमा काम गरिरहेको बताउदै प्रदेशको लागि मेडल ल्याउने खेलाडीलाई राम्रो पुरस्कारसहित सम्मान गर्ने बताए ।

त्यस्तै खेलकुद विकास बोर्डको टोलिले मेचीनगर नगरपालिकामा रहेको मेची सामुदायिक भवनको समेत निरीक्षण गरेको छ । यसैगरि काकडभिट्टाको खेल मैदानमा क्रिकेट खेलको समेत निरीक्षण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्