मेचीनगर, २४ असोज । युवा व्यवसायी राजन चिमरियाले झापा क्षेत्र नं.१ प्रदेश ‘ख’ मा स्वतन्त्रबाट उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् ।
आइतबार सम्पन्न उम्मेद्वार मनोनयन दर्ता पत्रमा नेकपा माओवादी केन्द्रका नेता समेत रहेका चिमरियाले स्वतन्त्रको तर्फबाट प्रदेश सभा सदस्य ‘ख’मा उम्मेद्वारी दर्ता गराएका हुन् ।
आइतबार नै नेकपा माओवादी केन्द्र मेचीनगरको अध्यक्ष पदबाट राजीनामा दिएका उनी स्वतन्त्रबाट प्रदेश सभा सदस्यमा उम्मेद्वार बनेका हुन् ।







