विराटनगर, ११ पुस । प्रदेश नं १ का सांसदले आज शपथ लिने भएका छन् ।
दिउँसो साढे १ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
शपथ लिनुअघि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभा सदस्यमध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईंलाई दिउँसो साढे १२ बजे प्रदेश सभाध्यक्षका रूपमा शपथ गराउने छन् । त्यसपछि सभाध्यक्षले अन्य ९२ जना सांसदलाई शपथ गराउने कार्यक्रम तय भएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
प्रदेश सभामा पाँच जना सांसदले मातृभाषामा लिने जनाइएको छ । इन्द्रबहादुर आङ्बो, खिनु लङवा लिम्बू, कमलप्रसाद जवेगु, खगेनसिं हाङ्गाम र निर्माला लिम्बूले मातृ भाषा (यक्थुम/लिम्बू)मा शपथ लिने सचिव पराजुलीले जानकारी दिए ।







