Logo

प्रदेश नं १ मा ७७ प्रतिशत रोपाइँ



विराटनगर, १९ साउन । प्रदेश नं १ मा हालसम्ममा ७७ दशमलव ८५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ ।

गएको वर्षमा आजको मितिसम्ममा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । गएको असार १५ गतेसम्म प्रदेशभरिमा १३ प्रतिशत रोपाइँ भएको थियो ।

कुल तीन लाख ४० हजार ८२९ हेक्टर जग्गा धान लगाउने क्षेत्रमा अहिलेसम्ममा दुई लाख ६५ हजार ३६९ हेक्टर जग्गामा रोपाइँ भएको छ । मौसमको अनुकुलता रहेमा रोपाइँ क्षेत्रफल बढ्न सक्ने निर्देशनालयका प्रवक्ता सरस्वती श्रेष्ठले जानकारी दिइन् ।

प्रदेश नं १ को उच्च पहाडी चार जिल्लामा १५ हजार ८०५ हेक्टर, मध्यपहाडको सात जिल्लामा ६७ हजार २९९ हेक्टर र तराईका तीन जिल्लामा एक लाख ८२ हजार २६५ हेक्टर जग्गामा धान रोपाइँ सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्