Logo

प्रदेश प्रमुख खापुङले गरे विधेयक प्रमाणीकरण



विराटनगर, २३ चैत । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ प्रमाणीकरण गरेका छन् ।

प्रदेश प्रमुख खापुङले विधेयक बुधबार प्रमाणीकरण गरेका हुन् । सो विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खापुङले प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवत्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

गत चैत ११ गते बसेको प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनले सो विधयेक पारित गरी संविधानको धारा २०१ को उपधारा (१) बमोजिम सभामुखबाट प्रमाणित गराई प्रदेश प्रमुख खापुङसमक्ष प्रमाणीकरणका लागि पठाएको थियो।

 

प्रतिक्रिया दिनुहोस्