Logo

प्रदेश सरकारको ५० लाख कता हरायो ? बोटिङ गर्ने पोखरीमा किरा करायो !

कचनकबलको पर्यटन बिकासमा भ्रष्टाचार



झापा, १६ भदौ । नेपालको सबै भन्दा होचो स्थान कचनकबलको पर्यटन बिकासका लागि प्रदेश सरकारबाट प्राप्त बजेटमा आर्थिक अनियमितता भएको भन्दै स्थानीयले आपत्ति गरेका छन् ।

प्रदेश सरकारबाट कचनकबलको पर्यटन बिकासका लागि आएको ५० लाख र गाउँपालिकाको ७ लाख बजेटबाट गरिएको काममा उपभोक्ता समितिबाट अनियमितता भएको भन्दै स्थानीयले छानविनको माग गरेका हुन् ।

प्रदेश सभा सदस्य बसन्त बानियाँ र स्थानीय जनप्रतिनिधि अनुगमनमा गएका बेला स्थानीयले निर्माणको काममा भ्रष्टाचार भएको आरोप लगाए हुन् । बोटिङका लागि निर्माण गरिएको पोखरी अहिले नै पानी छैन, हिउँदमा के हुन्छ ? भन्दै प्रदेश सभा सदस्या बानियाँलाई स्थानीयले आपत्ति प्रकट गरे । उनीहरुले उपभोक्ता समितिसँगको मिलिभगतमा भ्रष्टाचार भएको शंका गरेका छन् । र, छानविनको माग गरेका छन् ।

नेपालकै होचो स्थानमा बोटिङका लागि खनिएको पोखरी अहिले वर्षाको समयमा नै पनी छैन । पोखरी जति गहिरो हुनु पर्ने हो, त्यति नहुँदा पानी नअडिएको स्थानीयले बताए । स्तम्भ भएको स्थानमा माछाको आकार प्रदान गर्ने र एक विश्राम स्थाल निर्माण गरिएको छ । पोखरीमा पानी त छैन नै, विश्राम स्थल र माछाको आकारको निर्माण कार्य अपूरो अवस्थामा भएपछि स्थानीयले भ्रष्टचार भएको आरोप लगाएका हुन् ।

उपभोक्त समितिको अध्यक्षमा स्थानीय अब्बास मियाँ हुन् । उनी भारत गएकाले सम्पर्क हुन सकेन । प्रदेश सभा सदस्य सहितको भेलामा उपभोक्ता समितिका एक सदस्यले आफुलाई खर्च बारे केही थाहा नभएको बताए । उनले आफु सदस्य भएपनि कहिल्यै हस्ताक्षर नगरेको बताए ।

प्रदेश सरकारले स्थानीय उपभोक्ता मार्फत ५० दिएको थियो भने गाउँपालिकाले ७ लाख प्रदान गरेको कचनबकल गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत तुलाराज थापामगरले बताए । उनले गाउँपालिकाले अलग्गै योजना तयार गरी ७ खर्च गरेको बताए ।

नेपालको होचो स्थानको स्तम्भ र खनिएको पोखरी
जनप्रतिनिधिसँग स्थानीय

प्रतिक्रिया दिनुहोस्