Logo

प्रदेश सरकारलाई अस्थिरता जानबाट रोकौँ: पोखरेल



काठमाडौँ, ३१ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेश सरकारलाई अस्थिरता जानबाट रोक्न आग्रह गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले सात वटा प्रदेशहरूलाई अस्थिरतातर्फ जानबाट रोक्न आग्रह गरेका हुन् ।

उनले मधेस प्रदेशमा जसपाका मुख्यमन्त्रीलाई विश्वासको मत दिएर एमालेले रचनात्मक भूमिका निर्वाह गरेको उल्लेख गर्दै बाँकी प्रदेशमा पनि यस्तै गर्न आग्रह गरेका हुन् । उनले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत दिएर प्रदेश सरकारलाई अस्थिरता तर्फ जान नदिन यस्तो बताएका हुन्।

‘जसपा नेतृत्वको मधेस प्रदेश सरकारले प्रतिपक्ष दल नेकपा एमालेसमेतको विश्वासको मत प्राप्त गरेको छ । राजनीतिक अस्थिरताका विरूद्धमा नेकपा एमालेले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएर बाँकी प्रदेशलाई पनि अस्थिरता तर्फ जानबाट रोक्न अन्य दलहरूले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको छ,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्