Logo

प्रदेश सरकारले महिलालाई उद्यमी बनाउँछ: मुख्यमन्त्री कार्की



मोरङ, ११ मङ्सिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले महिलालाई उद्यमी बनाउने बताएका छन् ।

मानव अधिकार रक्षक सञ्जाल कोशीद्वारा आज आयोजित प्रदेशस्तरीय ‘महिलावादी मञ्च-२०८०’ सम्मेलनको उद्घाटन गर्दै उनले महिलालाई तालिम मात्र होइन उद्यमी बनाउनका लागि आवश्यक बजेट छुट्याएको बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले महिलाको आर्थिकस्तर वृद्धि गर्न जुनसुकै कठिन परिस्थितिमा पनि सरकार जनताको पक्षमा काम गर्ने बताए । फरक प्रङ्गमा उनले आफूले जनताको पक्षमा काम गरिरहेकाले तत्काल पदबाट नहटने बताएका थिए ।

सरकार प्रदेशको मानवीय सूचकाङ्क बढाउने कार्यमा लागिपरेको बताउँदै मुख्यमन्त्री कार्कीले प्रदेशका बालबालिका उपचार नपाएर मृत्यु हुने अवस्थाको अन्त्य गरिने बताए ।

सरकारले बाटो, सामुदायिक भवनलगायत क्षेत्रमा बजेट कटौती हसन नदिने प्रष्ट पारेका हुन् । मुख्यमन्त्री कार्कीले विभेदरहित समाज निर्माण गर्न महिला अगाडि आउनुपर्नेमा जोड दिँदै यस कार्यमा सरकार साथमा रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्