Logo

प्रदेश सरकार प्रतिपक्षसँगै हिँड्न चाहन्छ: मुख्यमन्त्री चौधरी



बुटवल, २० असार । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रतिपक्षलाई साथमा लिएर अगाडि बढ्न चाहेको बताएका छन् ।

आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री चौधरीले सभाका सबै सदस्यहरुसँगसँगै हिँड्ने, उनीहरुका माग सम्बोधन गरेर हिँड्न चाहेको बताएका हुन् ।

त्यस्तै उनले सहमति र सहकार्यबाट नै प्रदेशलाई समृद्ध बनाउन सकिनेसमेत विचार राखेका थिए । “प्रदेशको औचित्यमाथि पनि प्रश्न चिह्न उठेको अवस्था छ”, उनले भने, “यस्तो अवस्थामा सहमति र सहकार्य गरेर अघि बढ्नु अहिलेको आवश्यकता हो ।”

प्रतिक्रिया दिनुहोस्