विराटनगर, ९ माघ । नेपाली कांग्रेसको प्रदेश १ प्रदेशसभामा भूपेन्द्र राई प्रमुख सचेतकमा चयन भएका छन् ।
खोटाङ प्रदेशसभा ‘ख’ बाट निर्वाचित भएका राईलाई कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संसदीय दलको विधानबमोजिम प्रमुख सचेतक नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा १ बमोजिम राईलाई सचेतक चयन गरेको नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको कार्यलयको पत्रमा उल्लेख छ ।







