Logo

प्रदेश १ काे मुख्यमन्त्रीमा कार्की नियुक्त



विराटनगर, २४ पुस । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई आइतवार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

९३ सदस्यीय प्रदेश सभामा ४७ जना सांसद भए बहुमत पुग्नेमा कार्कीले ६० जना सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेस गरेका थिए । कार्कीलाई एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका छ र जनता समाजवादी पार्टीका एक जना गरी ६० जनाले साथ दिएका छन् ।

प्रदेश सभामा कुनै पनि दलको बहुमत नपुगेपछि प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन आज बेलुका ५ बजेसम्मको समय दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्