विराटनगर, ११ पुस । प्रदेश १ का नवनिर्वाचित प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले प्रदेशसभाका ९२ जना सदस्यलाई शपथ गराएका हुन् ।
९३ सदस्यीय प्रदेशसभामा मण्डल ज्येष्ठ सदस्य हुन् । सोमबार प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ लिएपछि उनले प्रदेशसभा सदस्यहरुलाई शपथ गराएका हुन् ।
९२ मध्ये ६ जना प्रदेश सांसदले मातृभाषामा शपथ लिएका थिए ।







