Logo

प्रदेश १ का मन्त्री तथा प्रदेशसभा उम्मेदवार थापाको निधन



विराटनगर २३ कात्तिक । प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ ।

केही दिनअघि डेंगीबाट संक्रमित भएका मन्त्री थापाको बुधबार बिहान निधन भएको हो ।

विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा बिहान साढे १० बजे निधन भएको अस्पतालका निर्देशक नारायण दाहालले जानकारी दिए ।

मोरङ क्षेत्र नम्बर ३(१) मा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार रहेका थापा उम्मेदवारी दर्ताको भोलिपल्ट असोज २४ गते काठमाडौँको ह्याम्स अस्पताल भर्ना भएका थिए ।

उनलाई मंगलबार ह्याम्सबाट विराटनगरस्थित नोबेल अस्पताल सारिएको थियो । मंगलबार परीक्षणका क्रममा थापालाई निमोनियासमेत देखिएको थियो ।

पथरी शनिश्चरे-८ स्थायी घर भएका थापाको श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्