Logo

प्रदेश १ को उपसभामुखमा सिर्जना दनुवार निर्वाचित



विराटनगर, ३० पुस । प्रदेश १ को उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छन् ।

शनिबार प्रदेशसभामा उपसभामुखको निर्वाचनबाट ५७ मतसहित उनी निर्वाचित भएकी हुन् ।

दनुवारका लागि उपसभामुखमा निर्वाचित गराउन नेकपा एमालेका प्रदेश सांसद तिलाचन पाठकले प्रस्ताव गरेका थिए भने माओवादी केन्द्रका प्रदेश सांसद नारायण बुर्जामगरले समर्थन गरेका थिए ।

त्यस्तै, उपसभामुखमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी लिला राईले ३३ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्