Logo

प्रदेश १ को नाम टुंगो लगाउन सर्वदलीय बैठक सुरू



विराटनगर, ६ साउन । प्रदेश १ को नाम टुंगो लगाउन सर्वदलीय बैठक सुरु भएको छ । सो बैठकमा प्रदेशको नाम टुंगो लगाउने विषयमा छलफल हुँदैछ ।

सभामुख प्रदीपकुमार भण्डारीले बैठकको आव्हान गरेका हुन् । आगामी साउन ८ गते बस्ने प्रदेशसभाको बैठकपछि नामको विषयमा छलफल सुरु गर्ने तयारी छ । तर आजको मितिसम्म प्रदेश १ को नामकरण के गर्ने भन्ने विषयमा दलहरूको आ–आफ्नै अडान छन् ।

नेकपा एमालेले कोशी प्रदेश, काँग्रेसले सप्तकोशी, माओवादीले किरात–लिम्बुवान–कोचिला, नेकपा एकीकृत समाजवादीले बहुपहिचानको अडान लिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्