Logo

प्रदेश-१ को नाम राख्ने तयारीपछि विराटनगरमा निषेधाज्ञा जारी



विराटनगर, १७ फागुन । जिल्ला प्रशासन कार्यलय मोरङले विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रदेशसभामा नामकरण प्रस्ताव दर्ता हुने प्रक्रियामा रहेको बेला बुधबार ३ बजेदेखि अर्को सूचना जारी नगर्दासम्म सभा, विरोध र जुलुस गर्न निश्चित क्षेत्रमा निषेधको सूचना जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईद्वारा हस्ताक्षरित सूचनामा प्रदेशसभा भवनको आसपास अस्पतालचौकदेखि देवकोटा चौकसम्म, जिल्ला प्रशासन कार्यलय परिसर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा मन्त्री निवास आसपास सभा, सम्मेलन, विरोध धर्ना र जुलुश गर्न निषेध गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्