Logo

प्रदेश १ को प्रदेशसभा अधिवेशन पुस १७ गते आव्हान



विराटनगर, १२ पुस । प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको प्रथम अधिवेशन आव्हान गरेका छन् ।

प्रदेश सरकार, मन्त्रिपरिषद्को पुस ११ गतेको सिफारिसमा माननीय प्रदेश प्रमुखज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको आव्हान गरेका हुन् ।

प्रमुखले प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ गते आइतबार दिनको १ बजेको लागि आव्हान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्