Logo

प्रदेश–१ को प्रदेशसभा बैठक शुक्रबार



विराटनगर , १२ भदौ । प्रदेश–१ को प्रदेश सभाको बैठक भदौ १७ गते (शुक्रबार) बस्ने भएको छ । प्रदेश सभा सचिवालयले जनाएअनुसार शुक्रबार दिउँसो १ बजे बैठक बोलाइएको प्रदेशसभामका सचिव गोपाल प्रसाद पराजुलीले बताए ।

सभामुख प्रदीपकुमार भण्डारीले गत साउन २२ गते अनिश्चित समयसम्मका लागि बैठक स्थगित गरेका थिए । प्रदेश–१ को २५ औँ बैठकको सम्भावित कार्यसूचीको विषयमा भने प्रदेशसभाले जानकारी दिएको छैन ।‌ प्रदेश–१ ले अहिलेसम्म नाम राख्न सकेको छैन ।

प्रदेशसभामा नाम प्रस्ताव गरेर लैजाने विषयमा दलहरुबीच सहमति नहुन्जेल अघि बढाउन नसकिने सभामुख भण्डारीले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्