Logo

प्रदेश-१: प्रदेश सभाको पहिलो बैठक आज



विराटनगर, १७ पुस । प्रदेश-१ को प्रदेश सभाको पहिलो बैठक आज बस्दै छ ।

मंसिर ४ गते सम्पन्न चुनावबाट निर्वाचित भएका सांसद्हरुको शपथ ग्रहण सकिएसँगै प्रदेश सभाको पहिलो बैठक बस्न लागेको हो। नवनिर्वाचित प्रदेश सभा सदस्यले पुस ११ गते शपथ लिएका थिए ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज दिउँसो १ बजे बस्नेगरी प्रदेश सभाको अधिवेशनआह्वान गरेका थिए। सोही अनुसार पहिलो बैठक बस्न लागेको हो ।

पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य नेपाली कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले गर्नेछन् । सभामुख र उपसभामुख चयन नहुँदासम्म उनले नै बैठकको अध्यक्षता गर्ने छन् ।

पहिलो बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्