Logo

प्रदेश १ मा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान



विराटनगर, १७ पुष । प्रदेश १ मा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले आह्वान गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि प्रदेश प्रमुख खापुङले आह्वान गरेका हुन् ।

‘धारा १६८ को उपधारा (१) अनुसार प्रदेश नम्बर १ को प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नभएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश १ को सभाको सदस्यलाई प्रदेश १ को मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुखबाट आह्वान भएको छ।

प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तिमा पुस २४ गते आइतबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्न उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्