विराटनगर, २३ कात्तिक । बहालवाला मन्त्रीको निधन भएपछि प्रदेश १ सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधबार सूचना जारी गर्दै वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थामा सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ ।
सबै सरकारी कार्यालय र सार्वजनिक संघ संस्थामा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सूचनामा उल्लेख छ ।
मोरङ ३ (क) मा प्रदेशसभा सदस्य उम्मेदवारसमेत रहेका मन्त्री थापाको नोबेल मेडिकल कलेज विराटनगरमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।







