विराटनगर, २९ पुस । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादी केन्द्रका दुई र नेकपा एमालेका एक जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गराएका छन् ।
विश्वासको मत लिनुअघि माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गरिएको छ ।
यसैबिच प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङले तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक समारोहबीच कार्य विभाजनपछि तोकिने गरी मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ गराइएको हो ।







