Logo

प्रदेश १: माओवादी तत्काल सरकारमा नजाने



विराटनगर, २५ पुस । प्रदेश नं १ सरकार गठनमा समर्थन गरेको नेकपा (माओवादी केन्द्र) सरकारमा भने सामेल नहुने भएको छ ।

मुख्यमन्त्रीमा प्रदेश १ का माओवादी केन्द्रका प्रदेश सांसदहरूको भावना विपरीत निर्णय गरेकाले तत्काल सरकारमा नजाने माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले यस प्रदेशका प्रदेश सांसदहरूको भावना विपरीत प्रदेश सरकारको नेतृत्व आलोपालोको सहमति नगरेकाले तत्काल सरकारमा नजाने बताएका छन् ।

उनले सत्तारूढ दलका शीर्ष नेताहरूले यस प्रदेशमा सरकारको नेतृत्वको विषयमा गरेको निर्णय सच्याउन माग गरेका हुन् । एमालेका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्तिका लागि संसदीय दलको बैठकले समर्थन गर्ने निर्णय गरिसकेकाले तत्काल त्यो फिर्ता गर्न नमिल्ने अवस्था रहेको तर माओवादी केन्द्र सरकारमा सहभागी नहुने आङ्बोको भनाइ थियो ।

प्रदेश १ मा एमालेका हिक्मतकुमार कार्की आइतबार नै मुख्यमन्त्री नियुक्त भइसकेका छन् । कार्कीलाई सोमबार दिउँसो २ बजे शपथग्रहण गराउने कार्यक्रम छ । शपथ लगत्तै सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्