विराटनगर, ६ माघ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीहरुको जिम्मेवारी तोकेका छन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ४ वटा मन्त्रालय खारेज गरेर ९ वटा कायम गर्नासाथ कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिएका हुन् ।
तिलकुमार मेन्याङ्बो लिम्बुले खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालय र बुद्धीकुमार राजभण्डारीले सामाजिक विकास मन्त्रालय पाएका छन् । दुर्गाप्रसाद चापागाईँले सडक पूर्वाधार तथा शहरी विकास र जीवन आचार्यले पर्यटन, वन तथा वातावरण मन्त्रालय पाएका छन् । राप्रपाका भक्ति सिटौलाले उद्योग, कृषि तथा सहकारी र जनता समाजवादी पार्टी जसपाकी निर्मला लिम्बुले स्वास्थ्य मन्त्रालय पाएकी छन् ।
आन्तरिक मामिला तथा कानुन र आर्थिक मामिला तथा योजना मन्त्रालय भने मुख्यमन्त्री कार्कीले आफैंसँग राखेका छन् ।







