Logo

प्रदेश-१ मा सरकार गठनको दाबी पेस गर्ने आज अन्तिम दिन



विराटनगर, २४ पुस । प्रदेश नम्बर-१ मा सरकार गठनको दाबी पेस गर्ने आज अन्तिम दिन रहेको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरूलाई आज बेलुका ५ बजेभित्रको समय दिएका थिए ।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्न आह्वान गरेका थिए ।

प्रदेश-१ को प्रदेशसभामा नेकपा (एमाले)का ४०, नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६, नेकपा (एकीकृत समाजवादी)का चार र जनता समाजवादी पार्टी (जसपा)का एक सांसद छन् ।

प्रदेशसभामा रहेका ९३ जना मध्ये बहुमतका लागि ४७ सांसद संख्या आवश्यक पर्छ । प्रदेश-१ को मुख्यमन्त्रीको लागि नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को दाबी छ ।

प्रतिक्रिया दिनुहोस्