Logo

प्रदेश १ मा एक हजार ८९७ मतदान केन्द्र तोकियो



फाइल तस्बिर

झापा, २८ असोज । प्रतिनिधसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेश १ मा एक हजार ८ सय ९७ मतदान केन्द्र तोकिएका छन् । ती केन्द्रअन्तर्गत ४ हजार ९९ मतदान स्थल तय भएका छन् ।

निर्वाचन आयोगले दिएको जानकारीअनुसार सबैभन्दा धेरै मोरङमा ३०६ मतदान केन्द्र रहेका छन् ।

यसैगरी झापामा २८५ र सुनसरीमा १६६ मतदान केन्द्र रहेका छन् । मोरङमा सबैभन्दा धेरै प्रतिनिधसभा ६ र प्रदेशसभा तर्फ १२ क्षेत्र रहेका छन् ।

प्रदेश नम्बर १ का २८ प्रतिनिधसभा र ५६ प्रदेशसभा निर्वाच क्षेत्रमा मतदान गर्ने मतदाताको सङ्ख्या ३३ लाख ९६ हजार ८६५ रहेको छ । जसमा महिला मतदाताको सङ्ख्या १६ लाख ६७ हजार ७१ रहेको छ । पुरुष मतदाताको सङ्ख्या १७ लाख २९ हजार ७७२ रहेको छ ।

आयोगका अनुसार मोरङमा सबैभन्दा धेरै मतदाता छन् । यहाँ ७ लाख ३५ हजार ५२५ मतदाता छन् । झापामा ६ लाख ६३ हजार ३११ र सुनसरीमा ५ लाख ४४ हजार ९४१ जना मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्