Logo

प्रदेश १: मुख्यमन्त्रीका लागि एमालेका कार्कीले दाबी पेस गर्ने



विराटनगर, २४ पुस । प्रदेश १ मा मुख्यमन्त्रीका लागि एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गर्ने भएका छन् ।

कार्कीले आज ४ बजे प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीका लागि दावी पेश गर्ने भएका हुन् ।

प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि दलहरुलाई ५ बजेसम्मका लागि समय तोकिदिएका थिए ।

सत्ता साझेदार दल नेकपा (एमाले) संसदिय दलका नेता कार्की र नेकपा (माओवादी केन्द्र) का संसदिय दलका नेता ईन्द्रबहादुर आङ्बोबीच भेटवार्ता भई आज आज ४ बजे प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने तयारी रहेको एमाले संसदीय दलका नेता कार्कीको संचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्