काठमाडौँ, १८ साउन । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन् ।
बिहीवार बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको बैठकपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।
वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल शनिवार सकिँदै छ । प्रधानन्यायाधीश अनिवार्य अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्नुपर्ने भए पनि ढिला गरी परिषद्को बैठक बसेको हो ।







