Logo

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग सिफारिस समितिमा पठाइयाे



काठमाडौँ, २२ साउन । प्रतिनिधि सभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ ।

प्रतिनिधि सभाको आइतवारको बैठकमा महाअभियोग प्रस्तावको सम्बन्धमा छलफल भएको थियो । छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्ताव प्रतिनिधि सभाले यसअघि नै गठन गरेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए ।

सभामुख सापकोटाको प्रस्ताव प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेको छ । प्रतिनिधि सभाको अर्को बैठक मङ्गलवार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्