Logo

प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले राजीनामा माग्नु दुवै गल्त: शर्मा



काठमाडौँ, २४ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गल्ती भएको बताएका छन् ।

आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति दिएर कमजोरी गरेको बताएका हुन् ।

उनले प्रधानमन्त्रीले संसद, सांसदहरु र नागरिकको आत्मसम्मानमा असर पुर्या‍उनेगरी बोल्न नमिल्ने बता ए। त्यस्तै प्रतिपक्ष नेकपा (एमाले)ले पनि प्रधानमन्त्रीको राजीनामा माग्नु बेठिक भएको बताएका छ्न् ।

उनले स्थिर सरकारको परिकल्पना गरेर पाँच-पाँच महिनामा राजीनामा माग्नु गलत भएको बताए । महामन्त्री शर्माले हरेक घटनामा प्रधानमन्त्रीले राजीनामा दिने हो भने कोरोना महामारीकको समयमा स्वास्थ्य सामग्रीमा भ्रष्टाचार हुँदा र संसद विघटन गर्दा नै राजीनामा आउनुपर्ने भनि विगतको स्मरण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्