Logo

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे कुरा चलिराखेको छ: परराष्ट्र मन्त्रालय



काठमाडौँ, १९ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आइतवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे कुरा चलिराखेको बताएकी हुन् ।

पत्रकारहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भन्नि, ‘प्रधानमन्त्रीज्यूको अमेरिका भ्रमणको कुरा चलिराखेको छ । अपेक्षित छ यो भ्रमण । भ्रमणमा निमन्त्रणा गर्ने र त्यसलाई स्वीकार गर्ने पनि प्रक्रिया नै हुन्छ । सबै तयारी पुगेपछि उपयुक्त समयमा जानकारी दिने नै छौँ ।’

प्रतिक्रिया दिनुहोस्