Logo

प्रधानमन्त्रीको भारत भ्रमणको मिति निश्चित भएको छैन: शर्मा



काठमाडौँ, ७ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको मिति निश्चित नभएको बताएकी छन् ।

बिहीवार वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाइसकेपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै मन्त्री शर्माले प्रधानमन्त्रीको भारत भ्रमण निश्चित रहे पनि मिति भने तोकिनसकिएको बताइन् । उनले प्रधानमन्त्रीको भारत भ्रमणमा सीमासम्बन्धी समस्याका कुराहरू प्राथमिकतामा पर्ने पनि बताएकी हुन् ।

उनले भन्नि, ‘प्रधानमन्त्रीको भारत भ्रमण हुने भन्ने कुरा छ तर मिति निश्चित भइसकेको छैन । के-कस्ता योजना समावेश गर्ने भन्ने कुरा क्याबिनेटबाट नै स्वीकृत हुने हुँदा अहिले मिति तोकिसकिएको छैन । भारत सरकारसँग सम्बन्धित रहने योजना, सीमासम्बन्धी समस्याका कुराहरू प्राथमिकतामा पर्नेछन् ।’

मन्त्री शर्माले प्रधानमन्त्रीको भारत भ्रमण निश्चित भइसकेपछि भारतसँग छलफलका एजेन्डाहरू तय गर्ने पनि बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्