काठमाडौँ, असार ३० गते। प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ सोमबार बिहान लिनुहुने भएको छ। उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान ११ बजे शपथ लिनुहुने विशेष कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथमा उपस्थित हुने सांसदलाई सोमबार बिहान साढे १० बजेभित्र शीतल निवास प्रवेश गरिसक्न अनुरोध गरेको छ।
राष्ट्रपति कार्यालयका सहसचिव शैलजा रेग्मी भट्टराईले असार ३१ गते बिहान ११ बजे हुने शपथ समारोहमा उपस्थित हुन संघीय संसदका सम्पूर्ण सदस्यलाई निमन्त्रण गर्नुभएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ प्रतिनिधि सभाका सदस्य ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएपछि शपथ समारोह तय भएको हो।
शुक्रबार ९असार २८ गते० नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको रुपमा सदनबाट विश्वास गुमाउनुभएपछि नेकपा ९एमाले०का अध्यक्ष एवम् संसदीय दलका नेता ओली प्रधानमन्त्री बन्नुभएको हो।